Global Action Nepal

युरोपियन यूनीयनको सहयोग तथा एन सी ई नेपाल, ग्लोवल एक्सन नेपाल र नेपाल अपांग महिला संघको संयुक्त आयोजनामा सञ्चालित कोप परियोजना अन्तर्गत सिम्ता गाउँपालिकामा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाको शिक्षा शाखाको समन्वयमा सिम्ता गाउँपालिकाकी उप-प्रमुख गोमा शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले मुख्यगरी शिक्षा क्षेत्रमा सुशासनको महत्व, यसले सेवा प्रवाहमा पार्ने सकारात्मक असर, र जवाफदेहिताका औजारहरूको प्रयोग तथा कार्यान्वयन प्रक्रियामाथि केन्द्रित रहेर बृहत् छलफल गरिएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष, शिक्षा शाखाका प्रमुख र प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बाल क्लब, युवा क्लब, र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अभिमुखीकरण सत्रमा सहभागीहरूलाई सुशासनको अवधारणाबारे स्पष्ट पारिएको थियो ।


© Global Action Nepal. All rights reserved. Powered by Curves n' Colors.