Global Action Nepal

ग्लोवल एक्सन नेपालको आयोजनामा नागरिक समाज संस्था र युवा समूहहरुका लागि सामाजिक जवाफदेहिताका औजारहरु सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको हो। सार्वजनिक रुपमा रहेका सेवा प्रवाह गर्ने निकाय कर्तव्य पालन गर्ने सन्दर्भलाई विषेश रुपमा जोडेको थियो ।

पदिय जिम्मेवारीमा रहेका व्यक्ति र संस्थाहरुलाई जिम्मेवार बनाउन पारदर्शीताका टुल्सहरु अपनाएर विभिन्न खाले क्रियाकलाप संचालनमा जुट्न वक्ताहरुले आग्रह गरेका छन् । कुनै खास व्यक्ति र संस्था केन्द्रित नभई समग्र त्रुटिलाई सुधार गराउन क्रियाकलापमा ध्यान दिनुपर्ने बताए। सिरहा नगरपालिकाका वडा नं. १७ का वडाध्यक्ष उमेश यादव, विधालय व्यवस्थापन समितिका अध्यक्ष काशिन्द्र प्रासद यादव, प्रधानाध्यापक जैशी यादव गरी ३ जनालाई एक ठाउँमा राखेर सामाजिक उत्तरदायित्व र पारदर्शीताको अवस्था मजबुतिका लागि सार्वजनिक सुनुवाईको नमूना अभ्यास गरिएको थियो। अभिमुखीकरण कार्यक्रमको सहजीकरण मोनु गुप्ताले गरेका थिए।


© Global Action Nepal. All rights reserved. Powered by Curves n' Colors.